जनकपुरधामको मेयरका लागि ७९ वर्षीय रामसेवक यादवले दिए उम्मेदवारी
4 वर्ष पहिले प्रकाशित
वैशाख ११ गते ।जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि ७९ वर्षीय रामसेवक यादवले उम्मेदवारी दिएका छन्।
आइतबार जनकपुरधाम–८ पिँडारी चौकका ७९ वर्षीय यादवले उम्मेदवारी दर्ता गराएका हुन्।नेकपा एमालेका पुरानो नेता रहेका यादवले राजनीतिमा गन्दगी फैलिएकोले त्यसलाई सफाइ गर्नका लागि आफूले उम्मेदवारी दिन लागेको बताए।
उनले भने, ‘विचारमा कटुता, व्यवहारमा पुँजीवाद र आपसी सद्भावको विखण्डन भइरहेको छ। त्यसलाई एकरुपता ल्याउन मैले उम्मेदवारी दिन लागेको हुँ।’एमालेमा नेतृत्व सिद्धान्तभन्दा बाहिर गएपछि त्यसलाई सिद्धान्तमा ल्याउनका लागि आफूले उम्मेदवारी दिएको बताए। एमालेमा नीति निर्माणमा विचलन आएको उनी बताउँछन्।
कमेन्ट गर्नुहोस्
view comments