परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ
4 वर्ष पहिले प्रकाशित
वैशाख ९ गते । जनकपुरधाममा सिटिइभिटीको परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थीसहित दुई जना पक्राउ परेका छन्।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मा रहेको परीक्षा केन्द्र मोनाष्टिक आवासीय विद्यालयमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थी र उनलाई परीक्षा दिन लगाउने अर्का परीक्षार्थी पक्राउ हुन्।बिहीबार बिहान करिब साढे ८ बजे गोप्य सूचनाको आधारमा प्रि–डिप्लोमा इन सर्वे इन्जिनियरिङको परीक्षा दिइरहेका धनुषाका गणेशमान चारनाथ नगरपालिका–५ का २२ वर्षीय रामकृष्ण साहलाई परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
त्यस्तै नकक्ली परीक्षार्थी खडा गर्ने सर्लाहीको बह्रमपुरी गाउँपालिका–२ का २० वर्षीय लक्ष्मी नारायण झालाई समेत परीक्षा केन्द्रको वरिपरी घुमिरहेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments