धनुषाका एक अझै मेयरले नगरपालिकाको गाडी फिर्ता गरे
4 वर्ष पहिले प्रकाशित
बैशाख ०८ गते ।धनुषाको शहिदनगर नगरपालिकाका नगरप्रमुख (मेयर) उदय कुमार बरबरियाले शहिदनगर नगरपालिकालाई गाडी फिर्ता गरेका छन् । बरबरियाले प्रयोग गर्दै आएको प्रदेश.२.०२.००१झ ०००१ नम्बरको गाडी मेयर बरबरियाले शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम किशोर महतोलाई साँचो हस्तान्तरण गरेका हुन् ।
अब फेरी पनि माओबादी केन्द्रले बरबरियालाई नै नगर प्रमुखको उम्मेदवार बनाएपछि नैतिकताका आधारमा सवारीको साँचो हस्तान्तरण गरेको मेयर बरबरियाले बताए । निर्वाचन आचारसंहिता अनुसार सवारी नगरलाई बुझेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम किशोर महतोले अप्पन जनकपुर डटकमलाई बताए ।
कमेन्ट गर्नुहोस्
view comments