जिउ मास्ने बेच्ने मुद्दाका फरार व्यक्ति ३२ वर्षपछि पक्राउ

4 वर्ष पहिले प्रकाशित

२०७९ वैशाख ८ गते ।जिउ मास्ने बेच्ने मुद्दाका फरार व्यक्ति ३२ वर्षपछि पक्राउ परेका छन् । २०४६ साल भदौ १८ गते दुई जना महिलालाई भारतको मुम्बई कोठीमा लिई बेचेको भन्दै जिल्ला अदालत पर्साले कैदको सजाय सुनाएका र त्यसपछि फरार रहेका पर्सा ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले हिजो पक्राउ गरेको हो ।

वि।स। २०६१ चैत १४ गते जिल्ला अदालत पर्साले गरेको फैसलाले उनलाई १० वर्ष कैद र २५ हजार रुपैयाँ जरिबाना तोकेको थियो । तर त्यसपछि फरार रहेर उदयपुरको कटारीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय वीरगञ्जका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?