छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
3 वर्ष पहिले प्रकाशित
२०७९ वैशाख ७ गते । बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन अनुरोध गरेको छ । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमअन्तर्गत दुई दिनमा झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ ।
सरकारले गएको फागुन र चैतमा हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन गरेको थियो । हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन भएका जिल्लामा दुई वर्षमाथिका बालबालिकाले जुकाको औषधि खाइसकेको हुन सक्ने भएकोले ती जिल्लामा बालबालिकालाई सोधेर मात्रै जुकाको औषधि खुवाउन भनिएको छ ।
सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि वर्षमा दुईपटक खुवाइँदै आएको छ ।
कमेन्ट गर्नुहोस्
view comments