सप्तरीमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु, दुईजना घाइते

4 वर्ष पहिले प्रकाशित

वैशाख ४ गते ।सप्तरीको रूपनी गाउँपालिका–५ मुसहरनिय बसबिटीमा गएराति ट्रयाक्टर पल्टिदा चालकको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।2 (1) 

दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानीय २८ वर्षीय रविन्द्र यादवलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार स्थानीय ७१ वर्षीय भरत यादव र उनका १७ वर्षीय नाति सुभाषकुमार यादवको रूपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको छ ।

खाडो खोलाको डिलबाट गहुँ लोड गरी बसबिटी गाउँतर्फ आउँदै गरेको स १ त ५१ ५४ ट्याक्टर गएराति साढे १० बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?