अध्यादेश मार्फत् भए पनि प्रदेश प्रहरी भर्ना गर्छौ :मन्त्री साह
4 वर्ष पहिले प्रकाशित
वैशाख १ गते ।मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री मन्त्री भरतप्रसाद साहले अध्यादेश मार्फत् भए पनि प्रदेश प्रहरी भर्ना गर्ने बताएका छन् ।
बिहीबार जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै मन्त्री साहले ३० वैशाखसम्म संघीय प्रहरी ऐन ल्याएर प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम दिएका छन् । संघीय सरकारले ३० वैशाखसम्म प्रहरी समायोजन नगरे आफूहरुले अन्तरिम अध्यादेश मार्फत भर्ना प्रक्रिया अगाडि बढाउने उनले बताए ।
मन्त्री साहले, प्रदेश सरकारले वितरण गर्ने भनेको पदक कर्मचारी अभावका कारण ले हालसम्म वितरण हुन नसकेको बताउनुभयो । मन्त्री साहले नव वर्ष २०७९ को उपलक्ष्यमा सम्पूर्णमा शुभकामणा व्यक्त गर्नुभयो ।
कमेन्ट गर्नुहोस्
view comments