मधेस सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयक पारित

4 वर्ष पहिले प्रकाशित

चैत २९ गते ।मधेस सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयक सर्वसम्मतले पारित भएको छ।2 (1) 

मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मतले पास भएको सभामुख उपमा देवले सदनलाई जानकारी गराइन्।

मधेस सरकारले संसद स्थगित गरेर दुई वटा अध्यादेश ल्याएको थियो। अध्यादेश ल्याएपछि विपक्षीसँगै सत्ताघटक दलका सांसदहरुले समेत यसको विरोध जनाएका थिए। उनीहरुले यो विधेयक अत्यावश्यक रहे पनि अध्यादेशमार्फत आउनु गलत रहेको टिप्पणी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?