४१ लाख रुपैयाँ चेक बाउन्स मुद्दामा सिरहाका एकजना व्यक्ति पक्राउ

4 वर्ष पहिले प्रकाशित

चैत २९ गते ।४१ लाख रुपैयाँ चेक बाउन्स मुद्दामा सिरहाका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नं. ४ बस्ने ६२ वर्षीय दुर्गा प्रसाद महतो रहेका छन् ।

उनलाई सिरहा प्रहरीले गत चैत ८ गते लहान नगरपालिका ३ कुश्माचोकबाट पक्राउ गरेर कारबाहीको लागि इलाका प्रहरी कार्यालय ढल्केवरलाई बुझाएको थियो ।

उनी २० दिनदेखि धनुषा प्रहरीको हिरासतमा छन् ।

मिथिला नगरपालिका वडा नं.६ की २८ वर्षीया शोभा महतोको चेकवाउन्स जाहेरीको आधारमा महतोलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदीप सुवेदीले जानकारी दिए ।

कागजात प्रमाणसहित कारबाहीको लागि जिल्ला सरकारी वकिलको कार्यालय धनुषामा हाजिर गराउने गरेको सुवेदीले बताए ।
प्रहरीका अनुसार नेपाल एसबी आई बैंकको चेक वाउन्स कसुरमा महतोलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका महतोको जेठो छोरा विवेकको विवाह २०७४ मा समाजिक परम्परा अनुसार शोभासंग भएको थियो । तर उनले पछिल्लो समय विभिन्न प्रपञ्च रचेर बुहारी शोभालाई सम्बन्ध बिच्छेद गर्न बाध्य बनाएका थिए ।

विवाहमा लागेको ४१ लाख रुपैयाँ खर्च क्षतिपुर्ति बापत शोभालाई चेक दिएर महतोले सिरहा जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद गराएका थिए । तर, उनले ४१ लाख क्षतिपुर्तिबापतको चेक दिए पनि खातामा भने पैसा नै थिएन ।

पटक पटक ताकेता गर्दा खातामा पैसा हाल्छु भनि आश्वासन दिएपनि महतो ढाट्दै आएका थिए । त्यसपछि चेक वाउन्स विरुद्ध महतोमाथि शोभाले प्रहरीमा जाहेरी दिएकी थिइन् । सो जाहेरीको आ धारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?