जनकपुरधामबाट अटोमेटिक पेस्तोलसहित दुई जना युवक पक्राउ
4 वर्ष पहिले प्रकाशित
चैत २९ गते । जनकपुर प्रादेशिक अस्पताल अगाडीबाट पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका ९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरीकै मनरासिस्वा नगरपालिका १ घर भई हाल जनकपुरधाम ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंह छन् ।
दुबैजनालाई जनकपुरधाम उपमहानगरपालिका वडानम्बर १० स्थित प्रादेशिक अस्पताल अगाडिबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
ज। ७ प।७९३२ नम्बरको मोटरसाइकलमा रामानन्दचोकबाट जानकी मन्दिर तर्फ जाने क्रममा दुबैजनलाई पेस्तोलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
दुवैलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा १० दिनको मुद्दा लिएर थप अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले बताए ।
कमेन्ट गर्नुहोस्
view comments