राष्ट्रपति भण्डारीद्वारा रौतहटमा गजेन्द्र स्मृति अस्पताल उद्घाटन
4 वर्ष पहिले प्रकाशित
चैत २८ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटमा अहिले सम्मकै सबभन्दा ठूलो अस्पतालको रुपमा निर्मित गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गरेकी छिन् ।
स्वर्गीय गजेन्द्र नारायण सिंहको ९७ औं जन्म जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले जिल्लाको मध्यभागमा पर्ने माधवनारायण नगरपालिका–३ मा निर्माण गरिएको सो अस्पतालको उद्घाटन गरेकी छिन् । उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालमा लोकतान्त्रिक आन्दोलन,किसान आन्दोलन र सामाजिक न्यायका लागि भएको आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्व। सिंहको नाउँमा अस्पताल निर्माण गर्नु निकै सराहनीय काम भएको बताइन् ।
स्व.नेता सिंहले आफ्नो जीवनमा देश र जनताको सेवामा पु¥याएको योगदानको उनले खुलेर प्रशंसा गरिन् । नवनिर्मित अस्पताल तीन सय शैय्याको सो अस्पतालले रौतहटसहित छिमेकी जिल्लाका वासिन्दाहरुलाई उपचार गराउन अब सहज हुने उनले विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले मधेश प्रदेश सरकारले सुरु गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान प्रशंसनीय रहेको बताउँदै यो अभियान प्रभावकारी रुपमा अघि बढेकोमा खुशी व्यक्त गरिन् । त्यस्तै अर्को प्रसंगमा उनले नेपालमा रहेको उर्वर भूमिमा आधुनिकीकरण तथा व्यावसायीकरण गर्न आग्रह समेत गरिन् । त्यस्तै पर्यावरणलाई सन्तुलन गर्न चुरे क्षेत्रको संरक्षणको आवश्यकता रहेकोले त्यसको संरक्षणमा जुट्न समेत उनले आग्रह गरिन् ।
कमेन्ट गर्नुहोस्
view comments