मालपोत कार्यालय धनुषाका प्रमुख ५ लाख रुपैयाँ घुस सहित अख्तियारको फन्दामा

4 वर्ष पहिले प्रकाशित

चैत २८ गते । भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिल झा ५ लाख रुपैयाँ घुस सहित अख्तियारको फन्दामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले प्रमुख झालाई आज बिहान जनकपुरको भानुचोकबाट पाँच लाख घुस रकम सहित नियन्त्रणमा लिएको हो ।प्रमुख झाले जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग ५ लाख रूपैयाँ घुस लिएका बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?