जनकपुरधामको एमालेबाट मेयरको उम्मेदवारमा शिवशंकर साह
4 वर्ष पहिले प्रकाशित
चैत २७ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेले शिवशंकर साह 'हिरा'लाई सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको छ।जनकपुरधामका सबै २५ वटा वडा कमिटीको तर्फबाट साहलाई मेयरका लागि सर्वसम्मत सिफारिस गर्ने निर्णय गरिएको हो।
एमाले जनकपुरधाम नगर कमिटीका सचिव राजु साहका अनुसार मधेश प्रदेश कमिटी सदस्य साहलाई सर्वम्मतत उम्मेदवार निर्णय गरिएको हो।
साह यसअघि जनकपुरधाम उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका अध्यक्ष पनि बनेका थिए।२०७४ को स्थानीय तह निर्वाचनमा जनकपुरधामको मेयरमा एमालेबाट उठेका लक्ष्मीनारायण पाठक पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर सक्रिय छन्।
कमेन्ट गर्नुहोस्
view comments