रामनवमी पर्वको अवसरमा शंकराचार्य स्वामी निश्चलानन्द जनकपुर आउँदै

4 वर्ष पहिले प्रकाशित

चैत २४ गते ।रामनवमी पर्वको अवसरमा जनकपुरधाममा श्रीमज्जगदगुरू शंकराचार्य स्वामी निश्चलानन्द सरस्वती जनकपुरधाम आउने भएका छन् ।

जनकपुरधाममा आयोजना हुन लागेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी आउन लागेको जानकी मन्दिरका सह महन्त रामरोशन दासले जानकारी दिए ।2 (1) 

रामनवमी पर्वको अवसरमा जानकी मन्दिरको प्रांगणमा आयोजना हुने सो सम्मेलनमा प्रवचन दिनका लागि गोवर्द्धन मठका शंकराचार्य निश्चालानन्द सरस्वती महाराज चैत २६ गते जनकपुरधाम आउन लागेको सह महन्त दासले बताए ।उनका अनुसार जटही नाका भएर शंकराचार्यको जनकपुरधाम आउने कार्यक्रम रहेको छ । जटही नाकामा उनलाई भव्य स्वागत गरिने तयारी गरिएको छ ।

शंकराचार्यले चैत २७ गते बिहान साढे ११ बजेदेखि प्रवचन दिने र सोही दिन साढे ४ बजेदेखि विद्वत सभामा सहभागी हुने कार्यक्रम तय गरिएको छ ।त्यस्तै, चैत २८ गते बिहान ११ बजेदेखि दीक्षा तथा पादका पूजन कार्यक्रमको आयोजना गर्नुका साथै सोही दिन शंकराचार्यको पादुका पूजनसँगै बिदाइ गरिने जानकी मन्दिरले जनाएको छ ।

शंकराचार्यको आगमनलाई लिएर कार्यक्रमको तयारी तथा व्यवस्थापनको लागि जानकी मन्दिरका महन्त रामतपेश्वर दासको अध्यक्षतामा २५१ सदस्य मूल समारोह समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?