मधेस प्रदेश : करेन्ट लागेर एक किसानको ज्यान गयो

4 वर्ष पहिले प्रकाशित

चैत २३ गते ।

बाराको सिम्रौनगढ नगरपालिका ५ स्थित ईटवालमा करेन्ट लागेर मंगलवार राति एक किसानको ज्यान गएको छ । मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर स्थानीय ६५ वर्षिय जनक राउतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

करेन्ट लागेर गम्भिर घाइते भएका राउतलाई स्थानीयले उद्धार गरी सिम्रौनगढ नगर अस्पतालमा पुर्याएका थिए । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागी प्रादेशिक अस्पताल कलैयामा पुर्या‍इएका थिए ।

कलैया अस्पतालमै उपचारको क्रममा राउतको राती करीब पौने ९ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतकको शव परिक्षण पछि अन्तिम संस्कारको लागी जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मोटरबाट खेतमा पानी हाल्ने क्रममा सावधानी नअपनाउँदा बारामा करेन्ट लागेर ज्यान गुमाउने घटना बढदै गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?