धनुषामा लागूऔषधसहित एक युवक प्रहरीको नियन्त्रणमा

4 वर्ष पहिले प्रकाशित

२०७८ चैत २३ गते । धनुषामा लागूऔषधसहित एक युवक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको कमला नगरपालिका– ५, भलुवाहाका २३ वर्षीय पंकज कुमार गुरमैता पक्राउ परेका धनुषाका सशस्त्र प्रहरीले जनाएका छन् ।

उनको साथबाट ४९ थान एक सय एमएलको डाइलेक्स डिसि नामक प्रतिबन्धित लागू औषध फेला परेको थियो ।

मंगलबार राति जिल्लाको जनकनन्दनी गाउँपालिका–२ स्थित बल्हागोठस्थित सीमा ईलाकामा बीओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ज९प ७७६ नम्बरको मोटरसाइकलसहित लागू औषध बरामद भएको थियो । आरोपित गुरमैताको साथबाट लागूऔषध बरामद भएपछि उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?