चीनमा कोरोना भाइरसको संक्रमण तिव्र भएपछि लकडाउन
3 वर्ष पहिले प्रकाशित
२०७८ चैत २२ गते।चीनमा कोरोना भाइरसको संक्रमण तिव्र बनेको छ । सोमबार एकै दिन १६ हजार ५९० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये १ हजार २३५ जनामा लक्षणसमेत देखिएको छ ।
चीनको व्यापारिक केन्द्र मानिने सांघाईमा सबैभन्दा धेरै संक्रमित छन् ।कोरोना संक्रमण तिव्र भएपछि सांघाईमा दोश्रो चरणको लकडाउन गरिएको छ । त्यहाँका २ करोड ६० लाख मानिस घरमै बस्न वाध्य छन् ।
कोरोना संक्रमण देखिन थालेपछि सांघाईमा यसअघि नै शैक्षिक संस्था बन्द गरिएको थियो ।सन् २०१९ मा चीनको बुहानबाट कोरोना भाइरस संक्रमण सुरु भएको थियो ।
कमेन्ट गर्नुहोस्
view comments