महोत्तरीको औरहीमा गएको राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु,आमा सामान्य घाइते
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत २० गते । महोत्तरी कोऔरही नगरपालिका(१ मा गए राति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजीत कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले गए राति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्ना चार वर्षीया छोरी विद्या र आठ महीनाका छोरा अध्यान्सुसहित पोखरीमा हाम फालेकामा दुवै छोराछोरीको डुबेर मृत्यु भएको हो।
महिलाले छोराछोरीसहित पोखरीमा हाम फालेको स्थानीयले थाहा पाएपछि तीनै जनालाई पोखरी बाहिरनिकाली उपचारका लागि स्थानीय राधाकृष्ण अस्पताल लगिएपछि चिकित्सकले दुवै छोराछोरीलाई मृत घोषणा गरेको थियो। तर आमा बन्दनाको अवस्था सामान्य रहेको बताइएको छ। घटनामा सङ्लग्न मृतक बालबालिका को आमाबुबा लाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरी ले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments