महोत्तरीमा ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत २० गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँमा शनिबार साँझ ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ४० वर्षीया देवकली देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
स्थानीय २७ वर्षीय इजमामुल मन्सुरले गाउँको भित्री सडकखण्डमा चलाउँदै गएको ज१त ९९४८ नंको ट्र्याक्टरले सडकमै हिँडिरहेकी देवकलीलाई ठक्कर दिएको थियो।
ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कमेन्ट गर्नुहोस्
view comments