जनकपुरधामदेखि जयनगरसम्मको भाडा ७० रुपैयाँदेखि ३५० रुपैयाँसम्म कायम

4 वर्ष पहिले प्रकाशित

२०७८ चैत १८ गते। जयनगर–जनकपुरधाम–कुर्थासम्म सञ्चालन हुने रेल्वेको भाडा निर्धारण भइसकेको छ। नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि जयनगरसम्मको भाडा ७० रुपैयाँदेखि ३५० रुपैयाँसम्म कायम गरेको छ। जसअनुसार सामान्य कोचको ७० र एसी कोचको ३५० रुपैयाँ निर्धारण गरिएको हो।

त्यस्तै जनकपुरधामदेखि परवाहा र कुर्थाको सामान्य कोचको २० र एसी कोचको १००, वैदेहीको सामान्य कोचको २५ र एसी कोचको १२५, महिनाथपुरको सामान्यको ३५ र एसीको १७५, खजुरीको सामान्य कोचको ५५ र एसी कोचको २७५, इनर्वाको सामान्य कोचको ६० र एसी कोचको ३०० रुपैयाँ निर्धारण गरिएको छ।

महाप्रबन्धक झाले टिकट अनलाइन र अफलाइन दुबै माध्यमबाट लिन सकिने व्यवस्था गरिएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?