टिपरको ठक्करबाट सप्तरीमा एकजनाको मृत्यु, पाँचजना घाइते

4 वर्ष पहिले प्रकाशित

२०७८ चैत १८ गते । सप्तरीमा नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिंदा चालकको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–५ रञ्जितपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको विद्युत प्राधिकरण बोदेबर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना।७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।टिपरको ठक्करले बोलेरो चालक बोदे बर्साइन नगरपालिका–५ बस्ने २६ वर्षीय शिवराज यादवको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

दुर्घटनामा बोलेरो गाडीमा सवार बोदेबर्साइन नगरपालिका–१० बस्ने ३० वर्षीय शैलेश यादव, सोही उमेरका महेश चौधरी, वडा नम्बर ५ का २६ वर्षीय वृजेश कुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान नगरपालिका–८ बस्ने ३५ वर्षीय अरुण कुमार सिंह घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?