स्कुल बसको ठक्करबाट जनकपुरधाममा एकजना पुरुषको मृत्यु

4 वर्ष पहिले प्रकाशित

२०७८ चैत १७ गते । स्कुल बसको ठक्करबाट जनकपुरधाममा एकजना पुरुषको मृत्यु भएको छ।

बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं १४ खाद्य संस्थान अगाडि जनकपुरधामबाट लक्ष्मीनियाँतर्फ जाँदै गरेको पुष्पबाटिका स्कुलको बसको ठक्करबाट क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका करिब ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्र–२–०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनालगत्तै फरार ठक्कर दिने स्कुल बसका चालकको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?