सर्लाहीमा भारतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना गम्भीर घाइते

4 वर्ष पहिले प्रकाशित

२०७८ चैत १७ गते । सर्लाहीमा भारतीय नागरिक सवार रहेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

पूर्व(पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका १७ स्थित कालिन्जोर पुल छेउमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बीआर)६बीएम १५३७ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।उक्त दुर्घटनामा कारका चालक भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको बयलडाबड धनुषी २ बस्ने २२ वर्षीय नवीन यादवको मृत्यु भएको छ ।

कानबाट रगत बग्न थालेका उनलाई उपचारका लागि अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।सोही कारमा सबार सोही ठाउँका २७ वर्षीय अतुल कुमार, १९ वर्षीय दिबयान्स यादव, २८ वर्षीय प्रिन्सराज राजपुत, २२ वर्षीय बजरंगी भनिने शौरव यादव र २५ वर्षीय अजित यादव घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि अस्पताल पठाइसिकएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता एवम् डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?