सप्तरीबाट सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरे

4 वर्ष पहिले प्रकाशित

२०७८ चैत १५ गते । सप्तरीबाट सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।भारतीय सीमासंग जोडिएको जिल्लाको राजगढ गाउंपालिका वडा न:– ६ बाट सशस्त्र प्रहरीले सो पेस्तोल बरामद गरेको हो ।

प्रहरीका अनुसार सोमबार राति करिब ११ बजेतिर उक्त गाउंपालिका वडा न:–६ बर्दाहीमा रहेको आँपको बगैंचाबाट कटुवा पेस्तोल भेटिएको हो ।

भारतबाट चोर बाटो हुँदै लुकिछिपी हतियार ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीका टोलीले सो पेस्तोल बरामद गर्न सफल भएको हो ।

पेस्तोल बोक्ने मानिस भने फरार भएका छन् । प्रहरी टोली आएको सुइको पाएपछि हतियार बोक्ने व्यक्ति झोलामा राखिएको पेस्तोल बगैंचामा फालेर फरार भएको अनुमान छ ।पेस्तोल आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालयमा बुझाउने तयारी र फरार व्यक्तिको खोजी कार्य भइरहेको सशस्त्र प्रहरी बल नं। ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?