मोटरसाइकल दुर्घटनामा एउटै गाउँका चारजना बालकको मृत्यु भएपछि धनुषाको सबैला गाउँ शोकमा डुबे
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत १५ गते ।अचानक नसोँचे जस्तो दुर्घटनाले गाउँले नै मर्माहत अवस्थामा पुगेका छन् । गाउँभरि नै रुवाबासी चलेको छ ।मोटरसाइकल दुर्घटनामा एउटै गाउँका चारजना बालकको मृत्यु भएपछि धनुषाको सबैला गाउँ शोकमा डुबेको छ ।
पाँचजना बालक सवार मोटरसाइकल सोमबार राति ८ बजे धनुषाकाबे सवैला नगरपालिका १२ रघुनाथपुरको नहरचौकदेखि बरकुर्वाको बिच सडकखण्डमा दुर्घटना भएको हो ।दुर्घटनामा चारजना बालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् ।
मृत्यु हुने सबैला वडा नं। २ बस्ने सन्तोष यादका छोरा १५ वर्षीय राहुल यादव, वर्ष १२ का लक्ष्मी यादव, रामपुकार यादवका १४ वर्षीय छोरा सुमित यादव, बद्री यादवका १२ वर्षीय छोरा बौका भन्ने विकास यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै दुर्घटनामा स्थानीय रामबहादुर यादवका १९ वर्षीय छोरा सुरेन्द्र यादव गम्भिर घाइते भएका छन् । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।
चार जना बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।दुर्घटना के कसरी भयो भन्ने खुल्न सकेको छैन ।
विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए । दुर्घटनाले टोलभरि रुवाबासी चलेको छ ।
कमेन्ट गर्नुहोस्
view comments