सप्तरीमा राजावादीको प्रदर्शनमा अवरोध

5 वर्ष पहिले प्रकाशित

१४ पुस , २०७७

सप्तरीको राजविराजमा राजा र राजसंस्था पुनःस्थापनाको मागसहित प्रदर्शन गर्न खोज्नेहरूलाई अन्य दलका कार्यकर्ताले अवरोध पु¥याएका छन् ।

राजविराजको शिव मन्दिर अगाडिबाट सप्तरी समाजको नाममा राजावादीहरुले मंगलबार बिहान राजा र राजसंस्थाको पक्षमा प्रदर्शन गर्न खोजेका थिए । नेपाली कांग्रेस, नेकपाको दाहाल नेपाल समूह र जनता समाजवादी पार्टी आवद्ध युवा विद्यार्थी हरुले राजावादीहरुको ब्यानर खोसेका थिए । सो क्रममा केहीबेर तनाव भएको थियो ।

गणतन्त्रलाई मास्ने काम स्वीकार्य नहुने भन्दै युवा विद्यार्थीहरू प्रतिवादमा उत्रेका हुन् । उनीहरूले राजावादीहरुको ब्यानरमा आगो समेत लगाएका थिए । युवा विद्यार्थीको प्रतिवाद पछि राजावादीहरु भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?