रोल्स रोयसमा देखिएपछि मैथिली ठाकुरमाथि टिप्पणी, कंगना रनौतले दिइन् प्रतिक्रिया
16 घन्टा पहिले प्रकाशित
एजेन्सी, असोज ५ गते । बिहारको अलीनगरबाट निर्वाचित विधायक तथा गायिका मैथिली ठाकुर मुम्बईको लालबागचा राजा दर्शनका क्रममा विलासी कार रोल्स रोयसमा देखिएपछि सामाजिक सञ्जालमा चर्चामा आएकी छन्। उनको कारमा सवार भएको तस्बिर सार्वजनिक भएपछि केही प्रयोगकर्ताले उनको सम्पत्तिसम्बन्धी विवरणसँग जोडेर प्रश्न उठाएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार ठाकुरले निर्वाचनका क्रममा बुझाएको शपथपत्रमा करिब ३ करोड ८२ लाख रुपैयाँको कुल सम्पत्ति उल्लेख गरेकी थिइन्। यद्यपि, उनले प्रयोग गरेको रोल्स रोयसको स्वामित्व उनको नाममा रहेको पुष्टि भएको छैन।
यस विषयमा अभिनेत्री तथा सांसद कंगना रनौतले सामाजिक सञ्जालमार्फत मैथिली ठाकुरको समर्थन गरेकी छन्। उनले जनप्रतिनिधिले सार्वजनिक जीवनसँगै आफ्नो निजी जीवन र पेसागत करियर पनि अगाडि बढाउन सक्ने भन्दै विलासी कार प्रयोग गरेको विषयमा आलोचना गर्नु उचित नभएको आशय व्यक्त गरेकी छन्। अर्कोतर्फ, केही सार्वजनिक टिप्पणीमा ठाकुरको निर्वाचन शपथपत्रमा उल्लेखित सम्पत्ति र रोल्स रोयसको अनुमानित मूल्यबीच तुलना गर्दै प्रश्न उठाइएको छ। तर कारको स्वामित्व र त्यसका लागि प्रयोग भएको रकमबारे आधिकारिक पुष्टि नभएकाले यस विषयमा निष्कर्ष निकाल्न बाँकी रहेको छ।
कमेन्ट गर्नुहोस्
view comments