‘हनुमान अंश’को टोलीले मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट्यो
2 घन्टा पहिले प्रकाशित
एजेन्सी, भाद्र २४ गते । लखनऊमा फिल्म ‘हनुमान अंश’ को टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेको छ। निर्माता, निर्देशक तथा प्रमुख कलाकार सहभागी भेटमा निर्देशक विशाल चतुर्वेदी र मुख्य अभिनेता शोभिनवले फिल्मको विषयवस्तु तथा आध्यात्मिक पृष्ठभूमिबारे जानकारी गराएका थिए। टोलीले नाथ सम्प्रदाय र गुरु गोरखनाथसँग सम्बन्धित फिल्मका महत्वपूर्ण दृश्यसमेत मुख्यमन्त्रीलाई देखाएको थियो।
कमेन्ट गर्नुहोस्
view comments