सनी देओलका लागि ईशा देओलले बनाइन् ढाई किलोको राखी, ‘ढाई किलोको हात’लाई दिइन् रमाइलो ट्विस्ट

9 घन्टा पहिले प्रकाशित

एजेन्सी, भाद्र ४ गते । बलिउड अभिनेत्री ईशा देओलले यसपटक भाइ सनी देओलका लागि अनौठो राखी बनाएर रक्षाबन्धनलाई विशेष बनाउने भएकी छन्। उनले सनी देओलको चर्चित चलचित्र ‘दामिनी’को लोकप्रिय संवाद ‘ढाई किलोको हात’लाई रक्षाबन्धनसँग जोड्दै ढाई किलोको राखी बनाएकी हुन्।

एक वितरण सेवाको विज्ञापनमा देखिएकी ईशाले सनीको चर्चित संवादलाई रमाइलो शैलीमा प्रस्तुत गरेकी छन्। विज्ञापनमा उनले ‘भाइको ढाई किलोको हात उठ्दा सबैले ताली बजाउँछन्’ भन्दै संवादलाई रक्षाबन्धनसँग जोडेर प्रस्तुत गरेकी छन्।

विज्ञापनको अन्त्यमा ईशाले भाइ सनी देओलका लागि ढाई किलोको राखी मगाउँछिन् र खुसी हुँदै देखाउँछिन्। भिडियो सार्वजनिक भएपछि सनीका प्रशंसकहरूले उनको चर्चित संवाद सम्झिएका छन्। सामाजिक सञ्जालमा ईशाको यो रमाइलो शैलीलाई लिएर विभिन्न हास्यपूर्ण प्रतिक्रिया पनि आइरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?