‘महाकाव्य श्री रामायण कथा’मा अञ्जली अरोडालाई सीताको भूमिकामा देखेपछि दर्शक आक्रोशित

5 घन्टा पहिले प्रकाशित

एजेन्सी, भाद्र ३ गते । रामायण कथामा आधारित नयाँ चलचित्र **‘महाकाव्य श्री रामायण कथा’**को टीजर सार्वजनिक भएसँगै यसको कलाकार छनोटलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ। चलचित्रमा अञ्जली अरोडालाई माता सीताको भूमिकामा प्रस्तुत गरिएको छ। यही विषयलाई लिएर केही दर्शकले असन्तुष्टि जनाएका छन्।

टीजरमा सीताको स्वयंवरदेखि राम, लक्ष्मण र सीताको वनवास, सीता हरण तथा राम–सीताको वियोगसम्मका दृश्य देखाइएको छ। चलचित्रमा देव शर्माले भगवान् रामको भूमिका निर्वाह गरेका छन् भने अञ्जली अरोडा सीताको भूमिकामा देखिएकी छन्।

दर्शकहरूले कलाकार छनोटसँगै टीजरमा प्रयोग गरिएको एउटा मन्त्रप्रति पनि प्रश्न उठाएका छन्। टीजरमा ‘कृष्णाय वासुदेवाय हरये...’ मन्त्र सुनिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले रामायणको कथाकालमा कृष्णसँग सम्बन्धित मन्त्र प्रयोग गरिएको भन्दै प्रश्न गरेका हुन्।

अञ्जली अरोडालाई सीताको भूमिकामा छनोट गरिएको विषयमा कतिपय दर्शकले धार्मिक आस्थासँग जोडिएको पात्र भएकाले यस्तो भूमिकामा संवेदनशीलता अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। चलचित्रको टीजर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?