‘भोजपुरी बवाल’मा आम्रपालीले पवन सिंहलाई विवाहको प्रस्ताव दिएपछि मच्चियो हलचल
5 घन्टा पहिले प्रकाशित
एजेन्सी, भाद्र ३ गते । भोजपुरी अभिनेत्री आम्रपाली दुबे यतिबेला रियालिटी शो ‘भोजपुरी बवाल’का कारण चर्चामा छिन्। शोमा पवन सिंह, काजल राघवानी, दिनेशलाल यादव ‘निरहुआ’ र तेज प्रताप यादवसँगै देखिएकी आम्रपालीले पवन सिंहलाई विवाहको प्रस्ताव गरेपछि दर्शकसमेत अचम्ममा परेका छन्।
शोको एक भागमा आम्रपालीले पवन सिंहसँग विवाह गरेर मिलेर बच्चा हुर्काउने प्रस्ताव राखेकी थिइन्। उनले एक्लै बच्चा हुर्काउन कठिन हुने भन्दै विवाह गरेर सँगै बच्चा हुर्काउने कुरा गरेकी हुन्। आम्रपालीको प्रस्ताव सुनेपछि पवन सिंह केहीबेर अचम्ममा परे पनि पछि दुवै हाँसेका थिए।
त्यसपछि पवन सिंहले बच्चा भएपछि आम्रपालीको जिम्मेवारी बढ्ने र उनको काममा समेत असर पर्न सक्ने बताएका थिए। आम्रपालीले भने त्यसपछि आफूले छनोट गरेर मात्र काम गर्ने बताइन्। कुराकानीकै क्रममा उनले पवन सिंहलाई एक्लोपन महसुस नहुनेबारे प्रश्नसमेत गरेकी थिइन्।
जवाफमा पवन सिंहले आफूलाई पनि कहिलेकाहीँ एक्लोपन महसुस हुने बताए। उनले आफ्नी आमालाई आफ्नो जीवनको सबैभन्दा ठूलो सम्पत्ति भन्दै आमाले पनि आफ्नो जीवन बसोस् र एक्लोपन हटोस् भन्ने चाहना राख्ने गरेको बताए। शोमा पवन सिंहको आमाप्रतिको प्रेम र भावनात्मक सम्बन्ध यसअघि पनि देखाइएको थियो।
कमेन्ट गर्नुहोस्
view comments