‘तबाही’ गीतलाई ‘कन्डम विज्ञापन’सँग तुलना गरिएपछि यशको मजेदार जवाफ

2 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण ३१ गते ।  यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन–अप्स’ प्रदर्शनको तयारीमा छ। फिल्म नजिकिँदै गर्दा निर्माताले कियारा आडवाणीमाथि फिल्माइएको ‘तबाही’ गीत सार्वजनिक गरेका थिए। गीत सार्वजनिक भएपछि यसको दृश्यलाई लिएर सामाजिक सञ्जालमा आलोचना हुनुका साथै केही दर्शकले यसलाई ‘कन्डम विज्ञापन’सँग समेत तुलना गरेका थिए।

यस विषयमा कार्यक्रम ‘आप की अदालत’ मा यशलाई प्रश्न गरिएको थियो। ‘कन्डम विज्ञापन’सँग गरिएको तुलनाबारे यशले मजाक गर्दै भने, “यदि कन्डम विज्ञापन गर्नुपर्‍यो भने पैसा लिएर गर्छु, यसरी निःशुल्क गर्दिनँ।” उनको यो जवाफपछि कार्यक्रमका दर्शक हाँसेका थिए। यशले फिल्मका केही दृश्यबारे स्पष्टीकरण दिँदै अश्लीलता गलत भएको र आफूहरूले निश्चित सीमालाई ध्यानमा राखेर दृश्य प्रस्तुत गरेको बताए। गीतु मोहनदासको निर्देशनमा बनेको ‘टक्सिक’ आगामी २६ अगस्टमा प्रदर्शन हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?