‘भोजपुरी बवाल’मा तेज प्रतापको काजल राघवानीका लागि विशेष व्यवस्था, डिनर मेन्यु परिवर्तनले चर्चा
23 घन्टा पहिले प्रकाशित
एजेन्सी, श्रावण २२ गते । भोजपुरी रियालिटी शो ‘भोजपुरी बवाल’मा बिहारका पूर्वमुख्यमन्त्री लालु प्रसाद यादवका छोरा तेज प्रताप यादवको शैली अहिले चर्चामा छ। शोका क्रममा उनले अभिनेत्री काजल राघवानीको मनपर्ने परिकारलाई ध्यान दिँदै डिनरको मेन्यु नै परिवर्तन गराएपछि उनको यो व्यवहार सामाजिक सञ्जालमा भाइरल बनेको छ। काजल राघवानीसहित भोजपुरी कलाकारहरूको उपस्थितिमा आयोजित डिनर कार्यक्रममा तेज प्रतापले विशेष रूपमा बिहारको चर्चित परिकार लिट्टी–चोखा समावेश गराएका थिए।
भाइरल भिडियोमा काजलले डिनरको मेन्युबारे सोध्दा तेज प्रतापले एउटा परिकार थपिएको बताउँदै त्यो लिट्टी–चोखा रहेको जानकारी दिएका छन्। काजलले आफूलाई लिट्टी–चोखा निकै मन पर्ने बताएपछि तेज प्रतापले ‘त्यही भएर राखिएको’ प्रतिक्रिया दिएका थिए। उनको यो शैलीलाई दर्शकहरूले मन पराउँदै सामाजिक सञ्जालमा प्रशंसा गरिरहेका छन्।
एक अगस्टदेखि सुरु भएको ‘भोजपुरी बवाल’मा निरहुआ, आम्रपाली दुबे, पवन सिंह, काजल राघवानी र रानी चटर्जीलगायत भोजपुरी कलाकार सहभागी छन्। शोका विभिन्न गतिविधिका भिडियोहरू सामाजिक सञ्जालमा चर्चामा आइरहेका छन्।
कमेन्ट गर्नुहोस्
view comments