रवीना टण्डनलाई कुकुरले टोकेको होइन, उत्साहित भएर पोसाक तानेको अभिनेत्रीको स्पष्टोक्ति
23 घन्टा पहिले प्रकाशित
एजेन्सी, श्रावण २२ गते । बलिउड अभिनेत्री रवीना टण्डनसँग बिहीबार साँझ मुम्बईमा आयोजित फिल्म ‘ओह माइ डग’ को विशेष प्रदर्शनका क्रममा अनौठो घटना भएको छ। रेड कार्पेटमा फिल्ममा अभिनय गरेको कुकुर ब्रुनोसँग फोटो खिचाउँदै गर्दा कुकुर अचानक उत्साहित भएर अभिनेत्रीको पोसाक तान्न थालेपछि सामाजिक सञ्जालमा उनले कुकुरको टोकाइमा परेको चर्चा चलेको थियो। तर रवीना टण्डनले आफूलाई कुकुरले नटोकेको र कुनै चोट नलागेको स्पष्ट पारेकी छन्।
भाइरल भएको भिडियोमा रवीना कुकुरलाई माया गर्दै गरेको देखिन्छ। त्यसै क्रममा ब्रुनो उत्साहित भएर उनको पोसाकको डोरी दाँतले तान्न थालेको थियो। रवीना भने नआत्तिई कुकुरलाई सम्हाल्दै मायाले व्यवहार गरिरहेकी थिइन्। पछि सञ्चारकर्मीले स्वास्थ्य अवस्थाबारे सोध्दा उनले आफू पूर्ण रूपमा ठीक रहेको बताउँदै कुकुरले आक्रमण नगरेको, केवल उत्साहित भएर यस्तो गरेको प्रतिक्रिया दिइन्।
पशुप्रेमीका रूपमा परिचित रवीना टण्डनले यसअघि पनि जनावरको संरक्षणका लागि आवाज उठाउँदै आएकी छन्। फिल्म ‘ओह माइ डग’ मानिस र कुकुरबीचको भावनात्मक सम्बन्धमा आधारित रहेको बताइएको छ। फिल्ममा पंकज त्रिपाठी, माही रायलगायत कलाकारसँगै कुकुरहरू पनि महत्वपूर्ण भूमिकामा छन्।
कमेन्ट गर्नुहोस्
view comments