‘कुली’ दुर्घटनाको सम्झना गर्दै अमिताभ बच्चनले सुरु गरे ‘कौन बनेगा करोडपति–१८’ को यात्रा

10 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण १८ गते । महानायक अमिताभ बच्चनले चर्चित टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ को १८औँ सिजनको छायांकन सुरु गरेका छन् । नयाँ सिजनको सुरुवातसँगै उनले आफ्ना प्रशंसकप्रति आभार व्यक्त गर्दै भावुक सन्देश सार्वजनिक गरेका छन् । उनले अगस्ट २ लाई आफ्नो ‘पुनर्जन्म दिवस’ का रूपमा सम्झँदै यही दिन १९८२ मा फिल्म ‘कुली’ को छायांकनका क्रममा भएको गम्भीर दुर्घटनाबाट आफू बाँचेको उल्लेख गरेका छन् ।

आफ्नो ब्लगमार्फत अमिताभले वर्षौंदेखि साथ दिँदै आएका प्रशंसकको माया, प्रार्थना र शुभकामनाप्रति धन्यवाद दिएका छन् । उनले लेखेका छन् कि केबीसीको नयाँ सिजनको पहिलो दिनको छायांकनका लागि आफू फेरि एउटा नयाँ चुनौती सामना गर्न तयार रहेको र सबैको आशीर्वादले आफू यहाँसम्म आइपुगेको बताए ।

अमिताभ बच्चनले २ अगस्टको महत्व धेरै कम मानिसलाई थाहा भए पनि यस दिन आफूलाई शुभकामना दिने सबैप्रति हृदयदेखि आभार व्यक्त गरे । ‘कुली’ फिल्मको सेटमा भएको दुर्घटनामा गम्भीर घाइते भएका उनी उपचारपछि पुनः अभिनय क्षेत्रमा फर्किएका थिए । ‘कौन बनेगा करोडपति–१८’ आगामी अगस्ट १० देखि हरेक सोमबारदेखि शुक्रबार राति ९ बजे प्रसारण हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?