कंगना रनौतको अभिव्यक्तिपछि राखी सावन्तको कडा प्रतिक्रिया, सामाजिक सञ्जालमा भिडियो भाइरल

13 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण १३ गते । अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा)की सांसद कंगना रनौतले जेन–जेड, विशेषगरी हिन्दु युवतीहरूबारे दिएको विवादास्पद अभिव्यक्तिपछि अभिनेत्री राखी सावन्तले तीव्र प्रतिक्रिया दिएकी छन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै राखीले कंगनाको अभिव्यक्तिको कडा आलोचना गर्दै देशका महिला, युवती र विद्यार्थीमाथि अपमानजनक टिप्पणी गर्न नहुने बताएकी छन्। उनले अरूमाथि टिप्पणी गर्नुभन्दा अघि आफ्नै व्यवहार र सार्वजनिक अभिव्यक्तिको समीक्षा गर्न कंगनालाई सुझाव दिएकी छन्।

राखीले भिडियोमा कंगनामाथि व्यक्तिगत आरोप र आक्रोशपूर्ण टिप्पणीसमेत गरेकी छन्। उनले कंगनाले जेड–सुरक्षाको आडमा विवादास्पद अभिव्यक्ति दिइरहेको आरोप लगाउँदै सर्वसाधारणप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गरेकी छन्। राखीको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ भने समर्थक र आलोचकबीच यस विषयमा मिश्रित प्रतिक्रिया देखिएको छ।

यसअघि कंगना रनौतले सामाजिक सञ्जालमार्फत जेन–जेड हिन्दु युवतीहरूलाई लक्षित गर्दै उनीहरूलाई ‘पश्चिमी संस्कृतिबाट प्रभावित’, ‘जिम्मेवारीविहीन’ र ‘भ्रष्ट’ भन्दै विवादास्पद टिप्पणी गरेकी थिइन्। उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ भने धेरै प्रयोगकर्ताले कंगनाको भनाइलाई महिला र युवा पुस्ताप्रति अपमानजनक भएको टिप्पणी गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?