राजीनामाको मागबीच धर्मेन्द्र प्रधान आक्रामक, ‘भाग्दिनँ, संसदमै जवाफ दिन्छु’ संकेत

15 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण ६ गते ।  शिक्षा व्यवस्था सुधार, परीक्षा प्रणालीमा पारदर्शिता र पेपर लिक रोक्न माग गर्दै विद्यार्थी आन्दोलन चर्किरहेका बेला भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफू राजीनामा नदिने संकेत दिएका छन्। संसद मार्च र प्रधानमन्त्री निवासअगाडि कांग्रेसको प्रदर्शनपछि उनले आन्दोलनका विषयमा संसदमै विस्तृत छलफल गर्न सरकार तयार रहेको बताएका छन्।

विद्यार्थी आन्दोलनले उनको राजीनामा माग गरिरहेका बेला प्रधानले कांग्रेस र राहुल गान्धीमाथि विद्यार्थीको मुद्दालाई राजनीतिक रूपमा प्रयोग गरेको आरोप लगाएका छन्। उनले सरकारले विद्यार्थीका जायज चासो सम्बोधन गर्न, आवश्यक सुधार गर्न र संसदमा खुला बहस गर्न प्रतिबद्ध रहेको बताएका छन्। यससँगै सरकारले आन्दोलनलाई संवादमार्फत समाधान गर्ने प्रयास पनि जारी राखेको छ।

यसबीच संसदको मनसुन अधिवेशन लगातार अवरुद्ध हुँदै आएको छ। सरकारले गतिरोध अन्त्य गर्न विपक्षीसँग संवादको प्रयास गरे पनि सहमति जुट्न सकेको छैन। उता, जन्तर–मन्तरमा जारी आन्दोलन समाप्त गराउने उद्देश्यले सरकारले आन्दोलनकारी पक्षसँग वार्ता पनि अघि बढाएको छ। सामाजिक अभियन्ता सोनम वाङचुकसँग केन्द्रीय मन्त्रीहरूले भेट गरेका छन् भने CJP का प्रतिनिधिहरूसँग पनि सरकारको संवाद जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?