‘कल्कि २’ को लिए नाग अश्विनको संकेत– ‘फिल्म आउनुअघि कुनै निष्कर्ष ननिकाल्नुहोस्’

14 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार २९ गते ।  निर्देशक नाग अश्विनले आफ्नो बहुप्रतीक्षित फिल्म ‘कल्कि २८९८ एडी’ को सिक्वेलबारे दर्शकलाई धैर्य राख्न आग्रह गरेका छन्। फिल्मको क्लाइमेक्स र कर्णको चरित्रलाई लिएर भइरहेको आलोचनाबीच उनले सामाजिक सञ्जालमार्फत सिक्वेल आएपछि मात्र कथाको वास्तविकता बुझिने संकेत दिएका छन्।

एक प्रयोगकर्ताले ‘कल्कि २८९८ एडी’ मा कर्णको प्रस्तुतिलाई लिएर आलोचना गरेपछि नाग अश्विनले जवाफ दिँदै दर्शकलाई दोस्रो भाग नआएसम्म कुनै धारणा नबनाउन आग्रह गरे। उनले फिल्मको कथालाई महाभारतसँग जोड्दै आफ्नो सिर्जनात्मक निर्णयको बचाउ गरेका छन्।

नाग अश्विनले महाभारतको एउटा अंश साझा गर्दै भगवान् कृष्णले अर्जुनसँग कर्णको प्रशंसा गरेको प्रसङ्ग उल्लेख गरेका छन्। उनले भनेका छन् कि आफूलाई इतिहासप्रति गहिरो सम्मान रहेको र आफूले के गरिरहेको छु भन्ने थाहा भएको बताउँदै ‘पार्ट २ को प्रतीक्षा गर्नुहोस्’ भनेका छन्।

यसैबीच ‘कल्कि २८९८ एडी पार्ट २’ को कलाकारबारे पनि विभिन्न चर्चा भइरहेको छ। निर्माण पक्षले दीपिका पादुकोण सिक्वेलमा सहभागी नहुने पुष्टि गरेको छ भने साई पल्लवी र आलिया भट्टको नाम सम्भावित कलाकारका रूपमा चर्चामा आएको छ। यद्यपि उनीहरूको सहभागिताबारे आधिकारिक घोषणा भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?