केके मेननको ‘आदर्श बाल विद्यालय’ : अनौठो स्कुलको रमाइलो कथा, जुलाई २४ देखि प्राइम भिडियोमा

15 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार २९ गते ।  प्राइम भिडियोको नयाँ कमेडी–ड्रामा सिरिज ‘आदर्श बाल विद्यालय’ को ट्रेलर सार्वजनिक भएको छ। अनौठो शैलीको विद्यालय, रमाइला शिक्षक, उत्साही विद्यार्थी र दैनिक चुनौतीबीच परिवर्तन ल्याउन संघर्ष गर्ने प्रधानाध्यापकको कथामा आधारित यो सिरिज दर्शकका लागि मनोरञ्जनात्मक हुने बताइएको छ।

सिरिजमा अभिनेता केके मेनन ले शान्त स्वभावका तर चतुर प्रधानाध्यापक ज्ञानेश्वर त्रिपाठीको भूमिका निभाएका छन्। दिल्लीका उत्कृष्ट १० विद्यालयका प्रधानाध्यापकलाई क्याम्ब्रिज पठाउने घोषणा भएपछि आफ्नो विद्यालयलाई उत्कृष्ट बनाउन उनी नयाँ रणनीति अपनाउन बाध्य हुन्छन्।

‘आदर्श बाल विद्यालय’ मा विद्यालय जीवनका मित्रता, शरारत, शिक्षक–विद्यार्थी सम्बन्ध र अभिभावकका अपेक्षालाई हास्य शैलीमा प्रस्तुत गरिएको छ। हिमांक गौरले निर्देशन गरेको सात भागको यो सिरिजमा केके मेननसँगै अर्चना पूरन सिंह, अभिमन्यु सिंह, नवीन कस्तुरिया, प्रसन्ना बिष्टलगायत कलाकारको अभिनय रहेको छ।

पोशम पा पिक्चर्सको ब्यानरमा निर्माण भएको यो सिरिज जुलाई २४ देखि प्राइम भिडियोमा भारतसहित २४० भन्दा बढी देश तथा क्षेत्रमा हिन्दी भाषामा (अंग्रेजी सबटाइटलसहित) प्रसारण हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?