भोजपुरी सिनेमाको पहिलो गीतलाई लता मंगेशकरको स्वर, राष्ट्रपति राजेन्द्र प्रसादको आग्रहपछि बनेको इतिहास

9 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार १६ गते । भोजपुरी चलचित्र उद्योगको पहिलो फिल्म मानिने गंगा मैया तोहे पियरी चढ़इबो को शीर्षक गीत ‘गंगा मैया तोहे पियरी चढ़इबो’ लाई भोजपुरी भाषाको पहिलो चलचित्र गीतका रूपमा चिनिन्छ। सन् १९६३ मा निर्माण भएको यस फिल्ममार्फत भोजपुरी सिनेमाको औपचारिक सुरुआत भएको थियो। चलचित्रमा नजीर हुसैन, कुमकुम र असीम कुमार मुख्य भूमिकामा थिए। गीतमा स्वर सम्राज्ञी लता मंगेशकर र उनकी बहिनी ऊषा मंगेशकर को आवाज रहेको थियो।

जानकारीअनुसार भारतका प्रथम राष्ट्रपति राजेन्द्र प्रसाद ले भोजपुरी भाषामा चलचित्र निर्माण गर्न प्रेरित गरेका थिए। उनी स्वयंले भोजपुरी भाषाको पहिलो फिल्म र गीतमा लता मंगेशकरको स्वर होस् भन्ने इच्छा व्यक्त गरेपछि गायिकाले गीत रेकर्ड गर्न सहमति जनाएकी थिइन्। करिब पाँच लाख रुपैयाँ लागतमा बनेको उक्त फिल्मले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गर्दै वाराणसी र पटना लगायतका शहरमा गोल्डेन जुबिली तथा कोलकातामा सिल्भर जुबिली मनाएको थियो। फिल्म र यसको संगीतले व्यापक लोकप्रियता पाउँदै भोजपुरी सिनेमाको जग बसाल्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?