कंगना रनावतबारे फैलिएको दाबीलाई वीर दासले गरे खण्डन

13 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार १६ गते ।  अभिनेत्री कंगना रनावत र अभिनेता वीर दासलाई जोडेर हालै सामाजिक सञ्जालमा फैलिएको एक विवादास्पद दाबीलाई स्वयं वीर दासले अस्वीकार गरेका छन्। पत्रकार सिमी चन्डोकले एक पोडकास्टमा फिल्म ‘रिभल्भर रानी’ को सुटिङका क्रममा किसिङ दृश्य गर्दा कंगनाले वीर दासको ओठ टोकेर घाइते बनाएको दाबी गरेपछि यो विषय चर्चामा आएको थियो। पोडकास्टको भिडियो भाइरल बनेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका थिए।

तर वीर दासले उक्त दाबी पूर्ण रूपमा काल्पनिक भएको स्पष्ट पार्दै कंगना रनावतको बचाउ गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले कंगनालाई व्यावसायिक र प्रतिभाशाली कलाकारको संज्ञा दिँदै फिल्मको सेटमा आफूहरूबीच कहिल्यै कुनै विवाद नभएको बताएका छन्। यसैबीच, कंगनाले पनि उक्त आरोपप्रति आक्रोश व्यक्त गर्दै आफू र वीर दासको नाम प्रयोग गरेर आधारहीन तथा काल्पनिक कथा फैलाइएको टिप्पणी गरेकी छन्। यद्यपि, केही वर्षअघि वीर दासको ‘आई कम फ्रम टु इन्डिया’ शीर्षकको प्रस्तुतीलाई लिएर कंगना र वीरबीच सार्वजनिक विवाद भएको थियो, जसमा कंगनाले वीरको आलोचना गर्दै कडा टिप्पणी गरेकी थिइन्। अहिले भने दुवैले विवादित दाबीलाई असत्य भन्दै त्यसको खण्डन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?