‘पेड्डी’को आक्रामक कमाइ, १६९ करोड भारू नाघ्यो
12 घन्टा पहिले प्रकाशित
एजेन्सी, जेठ २७ गते । राम चरण र जान्हवी कपूर अभिनीत भारतीय फिल्म ‘पेड्डी’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै भारतमा पाँच दिनमै १६९ करोड ७० लाख भारू आम्दानी गरेको छ। ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार सोमबार मात्र फिल्मले १२.५ करोड भारू नेट कमाइ गरेको हो। यससँगै फिल्मले आमिर खान अभिनीत ‘सितारे जमिन पर’को लाइफटाइम कलेक्सनलाई समेत उछिनेको छ। यसअघि ‘पेड्डी’ले ‘गुन्टुर करम’, ‘गेम चेन्जर’ र ‘द राजा साब’ जस्ता चर्चित फिल्महरूको कमाइलाई पनि पछि पारिसकेको छ।
बुची बाबु सानाको निर्देशनमा बनेको फिल्मले पहिलो सप्ताहन्तमै विश्वभर २३३ करोड भारूभन्दा बढी कमाइ गरेको छ। सीमान्तकृत समुदायका एक युवाको संघर्ष र परिवर्तनको कथामा आधारित फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पनि जान्हवी कपूरको पात्र चित्रणलाई लिएर केही आलोचना भएको थियो। विवादपछि निर्देशकले सम्बन्धित दृश्य हटाउने घोषणा गरेका छन्। ‘पेड्डी’ हाल नेपालसहित विभिन्न देशमा प्रदर्शनरत छ।
कमेन्ट गर्नुहोस्
view comments