पश्चिम बंगालमा ऐतिहासिक राजनीतिक उलटफेर, बीजेपी बहुमत नजिक पुगेको दाबी

21 दिन पहिले प्रकाशित

एजेन्सी, बैशाख २१ गते । नई दिल्लीमा पश्चिम बंगाल विधानसभा चुनावको मतगणनामा ठूलो राजनीतिक परिवर्तन देखिएको छ। प्रारम्भिक नतिजा र रुझानअनुसार भारतीय जनता पार्टी (बीजेपी)ले राज्यमा स्पष्ट बहुमततर्फ अग्रता बनाएको दाबी गरिएको छ। २९३ सदस्यीय विधानसभा मध्ये बीजेपी करिब १९५ सिटमा अगाडि रहेको र तृणमूल कांग्रेस (टीएमसी) ९२ सिटमा सीमित देखिएको बताइएको छ। यससँगै १५ वर्षदेखि सत्तामा रहेको टीएमसीलाई ठूलो झट्का लागेको र राज्यको राजनीतिक समीकरण बदलिएको संकेत देखिएको छ।

मतगणनाको क्रममा शुरुमा कडा प्रतिस्पर्धा देखिए पनि पछिल्ला राउन्डमा बीजेपीले उल्लेखनीय अग्रता लिएको रिपोर्ट आएको छ। पार्टीले संगठनात्मक रणनीति, बूथ स्तरको व्यवस्थापन र स्थानीय मुद्दामा ध्यान दिएको दाबी गरिएको छ भने टीएमसीले केही शहरी र ग्रामीण क्षेत्रहरूमा आफ्नो पकड कायम राखेको देखिन्छ। अन्तिम परिणाम आउन बाँकी रहे पनि प्रारम्भिक रुझानले पश्चिम बंगालको राजनीतिक शक्ति सन्तुलन फेरिएको संकेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?