पप्पु यादवको विवादास्पद अभिव्यक्तिमा मैथिली ठाकुरको कडा प्रतिक्रिया

1 घन्टा पहिले प्रकाशित

एजेन्सी, बैशाख १४ गते । लोक गायिका तथा राजनीतिज्ञ मैथिली ठाकुरले पूर्णियाका स्वतन्त्र सांसद पप्पु यादवको महिलासम्बन्धी अभिव्यक्तिको कडा विरोध गरेकी छन्। पप्पु यादवले “राजनीतिमा आउने अधिकांश महिलाले नेताको कोठामा नगई अघि बढ्न सक्दैनन्” भन्ने विवादास्पद टिप्पणी गरेपछि ठाकुरले यसलाई अत्यन्त अभद्र र महिलाको सम्मानमाथि आघात पुग्ने खालको बताएका हुन्। उनले आफू सुरक्षित र सम्मानजनक वातावरणमा विश्वास गर्ने परिवारबाट आएको उल्लेख गर्दै महिलामाथि यस्तो आरोप लगाउनु निन्दनीय रहेको बताइन्।

ठाकुरले महिलाहरूले संघर्ष गरेर समाजमा आफ्नो स्थान बनाएको बताउँदै यस्ता अभिव्यक्तिले महिलाहरू मात्र होइन, उनीहरूका परिवारलाई समेत चोट पुर्‍याउने धारणा राखिन्। उनले पप्पु यादवसँग सार्वजनिक रूपमा माफी माग्न माग गर्दै यस्ता अभिव्यक्तिले महिलाप्रतिको असंवेदनशीलता झल्काउने बताइन्। यस्तै, पप्पु यादवको उक्त अभिव्यक्तिको अन्य महिला नेतृहरूले पनि आलोचना गरेका छन् भने बिहार राज्य महिला आयोगले उनलाई नोटिससमेत पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?