सम्राट चौधरी नेतृत्वमा बिहारमा नयाँ राजनीतिक समीकरण, जातीय गणितमा चुनौती

10 घन्टा पहिले प्रकाशित

एजेन्सी, बैशाख ३ गते ।  सम्राट चौधरी नेतृत्वमा बिहारमा नयाँ राजनीतिक चरण सुरु भएको छ, जहाँ सरकार सञ्चालनसँगै जटिल जातीय समीकरण सन्तुलन गर्ने चुनौती देखिएको छ। २०२३ को जातीय गणनापछि राज्यको सामाजिक संरचना अझ स्पष्ट बनेकाले अबको राजनीति त्यही आधारमा केन्द्रित हुने विश्लेषण गरिएको छ।

भारतीय जनता पार्टीले परम्परागत आधारभन्दा बाहिर विस्तार गर्दै गैर–यादव ओबीसी, अत्यन्त पिछडा वर्ग र दलित समुदायमा प्रभाव बढाउने रणनीति लिएको देखिन्छ। यसै सन्दर्भमा नीतीश कुमार सँग जोडिएको ‘लव–कुश’ समीकरणमा पनि प्रतिस्पर्धा बढ्ने संकेत देखिएको छ। दीर्घकालीन रूपमा सत्तामा टिकिरहन यिनै सामाजिक वर्गको समर्थन निर्णायक हुने भएकाले आगामी राजनीतिक दिशा यसै वरिपरि घुम्ने आँकलन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?