बिहारमा ऐतिहासिक दिन : नीतीश कुमारको अन्तिम क्याबिनेट बैठक, भावुक बने सबै

11 घन्टा पहिले प्रकाशित

एजेन्सी,बैशाख १ गते ।  बिहारको राजनीतिका लागि आज मंगलबार एउटा ऐतिहासिक दिन बनेको छ । करिब दुई दशकसम्म मुख्यमन्त्रीको कुर्सीमा रहे **नीतीश कुमार** को अध्यक्षतामा आज उनको अन्तिम क्याबिनेट बैठक बसेको छ ।

बैठकपछि बाहिर निस्कँदा कृषि मन्त्री रामकृपाल यादव, लेशी सिंह लगायत सबै मन्त्रीहरू भावुक देखिए । लेशी सिंहले भने, “आज निकै भावुक पल थियो । नीतीश कुमारजी हाम्रा अभिभावक जस्तै हुनुहुन्थ्यो । उहाँले हामीलाई सधैं मार्गदर्शन गर्नुभयो ।”

नीतीश कुमारले बैठकपछि मन्त्रीहरू र सचिवालयका कर्मचारीहरूसँग समूह तस्बिर खिचाए । उनी भावुक तर संयमित देखिए । उनले भने, “म राज्यसभाबाट पनि बिहारको लागि काम गरिरहनेछु र नयाँ सरकारलाई पनि मार्गदर्शन गरिरहनेछु ।”

बैठकपछि नीतीश कुमार एक अणे मार्ग हुँदै मुख्यमन्त्री निवासतर्फ गए । उनका निकटवर्ती मन्त्री विजय चौधरीसँग मुस्कुराउँदै गाडीमा देखिए ।

**आज साँझ नयाँ मुख्यमन्त्रीको नाम घोषणा हुने**
नीतीश कुमारको राजीनामापछि आज साँझ केन्द्रीय पर्यवेक्षक शिवराज सिंह चौहानसहित एनडीए विधायक दलको बैठक बस्दैछ । यस बैठकमा नयाँ मुख्यमन्त्रीको नाम औपचारिक रूपमा घोषणा हुने र नयाँ सरकार गठनको दाबी पेश गर्ने कार्यक्रम छ ।

बिहारमा पहिलो पटक भाजपा नेतृत्वको सरकार बन्ने तयारी भइरहेको छ भने जेडीयूबाट उपमुख्यमन्त्री बन्ने लगभग निश्चित छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?