नेपाली कांग्रेसले आजदेखि ‘एक महिने जरामा जाऊँ अभियान’ सञ्चालन गर्दै

17 घन्टा पहिले प्रकाशित

काठमाडौं,बैशाख १ गते ।  नेपाली कांग्रेसले आज मंगलबारदेखि **‘एक महिने जरामा जाऊँ अभियान’** सञ्चालन गर्ने भएको छ । अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाइसकेको छ ।

केन्द्रीय प्रतिनिधिहरूले जिल्लादेखि वडासम्म पार्टी संरचना र भ्रातृ सङ्गठनहरूको अवस्था अध्ययन गरी प्रतिवेदन तयार पार्ने छन् । अभियानमार्फत कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक, डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य गर्ने, नयाँ सदस्यता वितरण र जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्य राखेको छ । पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिक गर्न फारम भर्ने र फोटो खिच्ने प्रावधान लागू गर्न लागिएको छ । नयाँ सदस्यता पनि डिजिटल रूपमा खोल्ने र सजिलो बनाउने तयारी गरिएको छ ।

सभापति **गगनकुमार थापा** ले आज दिउँसो साढे १ बजे काठमाडौं महानगरपालिका वडा नं. ३० को इकाई कार्यालय पुगेर आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरेर अभियानको औपचारिक सुरुवात गर्ने कार्यक्रम रहेको छ ।

यो अभियानले पार्टीको सांगठनिक अवस्था मजबुत बनाउने र आगामी निर्वाचनका लागि आधार तयार पार्ने कांग्रेसको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?