सलमान खानको नयाँ अवतार: क्रिकेट क्लबका मालिक बने, ISPL मार्फत मैदानमा प्रवेश
4 दिन पहिले प्रकाशित

एजेन्सी, असार १३ गते । बलिउड सुपरस्टार सलमान खान अब क्रिकेटको दुनियाँमा पनि देखिने भएका छन्। शाहरुख खानपछि सलमानले पनि क्रिकेट क्लबको स्वामित्व लिँदै ‘इन्डियन स्ट्रिट प्रिमियर लिग’ (ISPL) मा नयाँ दिल्ली क्लबका प्रमुख बनेका छन्। आयोजकका अनुसार सलमानको सहभागिताले लिगको सांस्कृतिक प्रभाव र लोकप्रियता अझ विस्तार हुने अपेक्षा गरिएको छ।
सचिन तेन्दुलकर, क्याबिनेट मन्त्री आशिष शेलार, मीनल अमोल काले र सुरज समतले समर्थन गरेको ISPL को दोस्रो संस्करण २८ मिलियन दर्शकसम्म पुगेको थियो भने दर्शक संख्यामा ४७ प्रतिशतको वृद्धि भएको थियो। अब तेस्रो संस्करणमा सलमानसहित अमिताभ बच्चन, अक्षयकुमार, ऋतिक रोशन, करिना कपूर, सैफअली खान, रामचरण र सूर्या जस्ता ठूला नामहरू जोडिँदा लिगले अझ ठूलो चर्चा पाउने विश्वास लिइएको छ।
कमेन्ट गर्नुहोस्
view comments