रगत चुस्ने जुका (ठेङ्गी कीरा) का कारण स्थानीयवासीमा त्रास
14 घन्टा पहिले प्रकाशित
संतोष कुमार मिश्र
जनकपुरधाम, असोज १५ गते । तराई मधेशमा अहिले वर्षायाममा मानिस तथा जनावरको रगत चुस्ने (खुन पिउने) जुका तराईको स्थानीय भाषामा ठेङ्गी कीरा भन्ने गरिन्छ । नेपालका पहाडी र ग्रामीण भेगमा वर्षायाममा ओसिलो झाडी, बाटो वा खेतबारीमा हिँड्दा मानिस र गाईवस्तुको खुट्टामा टाँसिएर रगत चुस्ने एक प्रकारको किरा हो । यो विशेष गरी नेपालको पहाडी र ग्रामीण भेगमा ओसिलो झाडी, खेतबारी, पानीका मुहान र जङ्गली बाटोहरूमा पाइन्छ । यो किरा वर्षायाममा पानी परिरहेका बेला वा ओसिलो वातावरणमा असाध्यै सक्रिय हुन्छ । यसले टोकेको मानिस वा जनावरलाई थाहै नहुने गरी टाँसिन्छ र रगत नबाक्लोस् भनी विशेष तत्व छोडेर रगत चुस्छ र रगत चुसेर मोटो भएपछि आफैं झर्छ । जुका शरीरमा टाँसिएमा जबरजस्ती तान्नु हुँदैन, यसको माथि नुन वा चून हालिदिएमा यो आफैं झर्छ । जुकाको टाउको र पुच्छर दुवैतिर समात्ने भाग हुन्छन् । पहिला पहिला महोत्तरी जिल्लाको केही गाउँहरुमा मात्र सुन्ने गरिन्थ्यो । अहिले त यो विस्तार हुँदै जनकपुरधाम वरिपरिका ग्रामिण भेग विन्धी, बेला, लादो, बसविट्टी बसहिया लगायतका गाउँहरुको खेतवारीमा मात्रै नभई यो घर–घरसम्म समेतमा पनि पस्न थालेका छन् । जसकारण स्थानीयवासी त्रासमा परी समस्यामा परेका छन् । यस तर्फ सम्बन्धित निकायले समयमै ध्यान नदिएमा अगामी दिनमा यो भयावव् रुप लिन सक्छन् ।
कमेन्ट गर्नुहोस्
view comments