टिप्पर पल्टिँदा बालुवाले पुरिएर उद्योग सञ्चालकको मृत्यु

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज १५ गते ।  धनुषाको मिथिला नगरपालिका–३, लालभित्तीस्थित औरही बाबा बालुवा प्रशोधन उद्योगमा टिप्पर पल्टिँदा उद्योग सञ्चालक हरि महतोको मृत्यु भएको छ। बिहीबार बिहान करिब ७ बजे प्रदेश ०२–००२–००१ ख ०१७१ नम्बरको टिप्परबाट बालुवा खसाल्ने क्रममा टिप्पर पल्टिँदा महतो बालुवाले पुरिएर गम्भीर घाइते हुनुभएको थियो।

घाइते महतोलाई तत्काल उपचारका लागि रमदैयास्थित जानकी मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक उदयशमशेर जबराले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?